जिल्ला प्रशासन कार्यालयमा अब स्थानिय तहहरु अनुसार फरक बार सेवा 

0
719

दार्चुला, साउन २३ गते । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले प्रत्येक स्थानियतहरु अनुसार फरक–फरक बार सेवा सञ्चालनमा ल्याएको छ ।

लकडाउनको अन्त्य संगै सेवाग्राहीहरुको अत्याधिक भिडभाड बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले दार्चुला जिल्लाका ९ वटै स्थानियतहरुका नागरिकहरुलाई साउन २५ गते आइतबार बाट लागु हुनेगरि सेवा दिन बार तोकेको छ ।

आइतबार र सोमबार महाकाली नगरपालिका, ब्यास गाउँपालिका र दुहु गाउँपालिकाका सेवा ग्राहीहरुलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवा प्रदान गर्नेछ । त्यसैगरि मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका तथा विहिबार र शुक्रबार अपी हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका नागरिकहरुलाई प्रशासन बाट सेवा प्रबाह गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले सेवा लिन आउदाँ साबुन पानीले हात धुनुपर्ने, अनिवार्य मास्क लगाएको हुनुपर्ने र कम्तीमा दुई मिटरको भौतिक दुरि कायम गरेको हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ । सेवा प्रवाहका लागि प्रशासनले सम्पर्क ब्यक्ति समेत तोकेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस ।