जिल्ला अस्पताल दार्चुलाको सेवामा सुधार ल्याउन माग

0
538

दार्चुला, असोज ४ गते ।
जिल्ला अस्पताल दार्चुलाको सेवामा सुधार ल्याउन प्राज्ञिक विद्यार्थी परिषद नेपालले अस्पताल ब्यवस्थापन समिति र प्रशासनलाई आग्रह गरेको छ ।

प्राज्ञिक विद्यार्थी परिषदका प्रदेश अध्यक्ष महेश राज भट्ट तथा जिल्ला संयोजक नविन जोशी लगायत विद्यार्थीको टोलीले सोमबार अस्पताल प्रशासन संग भेटघाट गरि सेवा सुधारका लागि विभिन्न माग गरेको छ ।
अस्पतालमा विरामीहरुले पुर्ण रुपले सेवा नपाउने गरेको तथा ब्यवस्थापकिय कमी कमजोरीका कारण सेवामा भइरहेको ढिलासुस्ती सुधारका लागि अस्पताल ब्यवस्थापन समितिको ध्यानाकर्षण गराइएको प्राज्ञिक विद्यार्थी परिषदका जिल्ला संयोजक नविन जोशीले बताउनुभयो ।
अस्पतालमा दरबन्दी अनुसार कर्मचारीको ब्यवस्थापन हुनुपर्ने, इमरजेन्सी वार्डमा २४ सै घण्टा एक जना चिकित्सक तैनाथ हनुपर्नै, ओपिडि सेवा विहान १० बजे निर्धारित समयमा सुरु गरिनुपर्नै तथा सेवामा ढिलासुस्ती भइरहेकाले त्यसमा सुधार गरिनुपर्ने लगायत माग गरिएको छ ।
अस्पतालले सुधार गर्नुपर्ने पक्षका विषयमा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष दल्जीत सिह धामी र निमित्त प्रमुख पुजा बमंलाई आवस्यक सुधारका लागि माग पत्र दिएको जोशीले जानकारी दिनुभयो ।