जिल्ला अस्पतालमा ५० शय्याको भवन निर्माण गर्न प्राविधिक अध्ययन गरिदै

875

दार्चुला, मंसिर २० गते ।
जिल्ला अस्पताल दार्चुलामा ५० शय्याको भवन निर्माण गर्न प्राविधिक अध्ययन गरिने भएको छ । शुक्रबार बसेको अस्पताल ब्यवस्थापन समितिको बैठकले महाकाली नगरपालिकाको वडा नं ५ गल्फैको हाल अस्पतालको सेवा प्रवाह भइरहेकै ठाउँमा ५० शय्याको भवन निर्माण गर्न अध्ययन तथा प्राविधिक तयारी गर्ने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दल्जित सिंह धामीले जानकारी दिनुभयो ।
बैठकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की, महाकाली नगरपालिका प्रमुख हंसराज भट्ट लगायत शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !