जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

0
666
सांकेतिक तस्बीर

दार्चुला, जेठ १५ गते ।
दार्चुलामा पहिलोपटक कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

जिल्ला अस्पताल दार्चुलामा कार्यरत एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अस्पतालमा कार्यरत महाकाली नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय महिला स्वास्थ्यकर्मीको शनिबार करिब ४ बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । कोरोना संक्रमितहरुको उपचारमा खटिएका मृतक स्वास्थ्यकर्मीमा जेठ १ गते कोरोना पुष्टि भएको थियो । यो संगै दार्चुलामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।