जिल्लाकै उत्कृष्ट हिकिलालाई प्रदेशले नमुना स्वास्थ्य चौकी बनाउने

0
2856

दार्चुला, चैत्र ६ गते ।
दुहु गाउँपालिका वडा नम्बर २ हिकिलामा रहेको हिकिला स्वास्थ्य चौकीलाई जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा छनौट गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशभरी रहेका ९ ओटै जिल्लामा एक÷एक स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकीको बिस्तार र व्यवस्थानपन गर्ने क्रममा दार्चुला जिल्लाको हिकिला स्वास्थ्य चौकीलाई छनौट गरेको छ ।
जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकी भएकोले हिकिला स्वास्थ्य चौकीलाई प्रदेश सरकारले नमुना स्वास्थ्य चौकीको विस्तार र व्यवस्थापन गर्न छनौट गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले साविकका ४१ ओटै गाविसमा रहेका स्वास्थ्य चौकीहरुमध्ये हिकिला स्वास्थ्य चौकी कार्यसम्पादन र विभिन्न सेवा प्रवाहमा अब्बल रहेकोले आर्थिक वर्ष २०७२÷७३ र २०७३÷७४ मा उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा छनौट गरेको थियो ।
हिकिला स्वास्थ्य चौकी जिल्लाकै पहिलो पूर्ण खोपयुक्त स्वास्थ्य संस्था भएको थियो । प्रदेश सरकारले हिकिला स्वास्थ्य चौकीलाई जिल्लाकै नमुना स्वास्थ्य चौकीको रुपमा बिस्तार र व्यवस्थापन गर्न छनौट गरेकोले हिकिला स्वास्थ्य चौकी परिवार एवं दुहँुवासी खुसी भएको स्वास्थ्य चौकी प्रमुख प्रेमसिह धामीले बताउनुभयो ।
हिकिला स्वास्थ्य चौकी नमुना स्वास्थ्य चौकी बनाउनका लागि छनौट गरेकोमा सुदरपश्यिम प्रदेश सरकार, प्रदेश स्तरीय छनौट समिति, जनस्वास्थ्य कार्यालय दार्चुला, स्थानीय सरकार, स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयम् सेविका, समाजसेवी, बृद्धिजिवी र हिकिला स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारीहरु सहयोग रहेको स्वास्थ्य चौकी प्रमुख धामीले बताउनुभयो ।
नमुना स्वास्थ्य चौकी बनेपछि हिकिला स्वास्थ्य चौकीबाट अझै गुणस्तरिय सेवा प्रवाह हुने, वालमैत्री, ज्येष्ठ नागरिक मैत्री, महिला मैत्री लगायत विभिन्न सेवाहरु र भौतिक सुधार हुने स्वास्थ्य चौकी प्रमुख धामीको भनाई छ ।
सुदुरपश्यिम प्रदेश सरकारले दार्चुला जिल्लाको दुहु गाउपालिका वडानम्बर २ मा रहेको हिकिला स्वास्थ्य चौकी, बैतडी जिल्लाको पाटन नगरपालिकामा रहेको सकार स्वास्थ्य चौकी, डडेल्धुरा जिल्लाको नवदुर्गा गाउपालिकामा रहेको नवदुर्गा स्वास्थ्य चौकी र कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिकामा रहेको बाइसेविचुवा स्वास्थ्य चौकी नमुना स्वास्थ्य चौकीको विस्तार र व्यवस्थापनको लागि छनौट गरिएको छ ।
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा रहेको टाटे स्वास्थ्य चौकी, आछाम जिल्लाको मंगलसेन नगरपालिकामा रहेको झुपु स्वास्थ्य चौकी, बझागं जिल्लाको बंगल नगरपालिकामा रहेको खिरताडी स्वास्थ्य चौकी, डोटी जिल्लाको आर्दश गाउपालिकामा रहेको नौवानगरदह स्वास्थ्य चौकी र कैलाली जिल्लाको गोदावरी नगरपालिकामा रहेको गोदावरी स्वास्थ्य चौकी नमुना स्वास्थ्य चौकीको बिस्तार र व्यवस्थापनको लागि छनौट गरिएको छ ।