जब वडाध्यक्षको विज्ञप्तीप्रति गाउँपालिकाले दया प्रकट गर्यो …

0
655

ब्यासमा विज्ञप्ती युद्ध

दार्चुला, भाद्र २८ गते।
दार्चुलाकै विकट मध्ये एक ब्यास गाउँपालिकामा काङ्ग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको विवाद बेला बेला बाहिर आउने गरेको छ ।

चालु आर्थिक बर्ष २०७८/७९ को बजेट एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको सहमती विपरित गाउँसभाबाट बहुमतले पारित गरिएपछि नयाँ विवाद सिर्जना भएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोधमा गाउँकार्यपालिकाको बैठक बहिस्कार गर्दै आइरहेका छन् । बजेटमा आफुहरुका योजनाहरु वास्ता नगरि अघि बढेकोले आईतबार बसेको गाउँकार्यपालिकाको बैठक बहिस्कार गरेको वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
आईतबार एमालेबाट निर्वाचित वडा नं १, ३ र ४ का वडाध्यक्षहरुले फरक फरक विज्ञप्ती जारी गरि बहुमतले पास गरिएको बजेटका विषयमा निकासको बाटो अवलम्बन नगरिएको भन्दै आउने परिणामको जिम्मेवार गाउँपालिका हुने बताएका थिए । वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहरा, वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिंह धामी र वडा नम्बर ४ का वडाध्यक्ष संग्रामसिंह बिष्टले चालु आर्थिक वर्षको कार्यकर्तामुखी बजेट बहुमतका आडमा पारित गरेको भन्दै आफुहरुको असहमति रहेको बताइरहेका छन् । वडा नं ३ का वडाध्यक्ष धामीले जारी गरेको विज्ञप्तीमा जयसिह धामीको घटनामा समेत गाउँपालिकाले मुखमा पानी हालेर सुतेको टिप्पणी गरिएको छ ।
सोमबार गाउँपालिकाले विज्ञप्ती जारी गरि वडा नं ३ का वडाध्यक्ष धामीको विज्ञप्ती प्रति दया प्रकट गर्न मन लागेको टिप्पणी गरेको छ । जयसिह धामीको विषयमा गाउँपालिकाले विज्ञप्ती जारी दोषि माथी कारवाहीको माग गरिरहेको र पिडित परिवारलाई २५ हजार आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा संविधानले स्थानिय तहमा प्रतिपक्षको परिकल्पना नगरेको समेत दाबी गरेको छ ।
वडाहरुले आफु निकट ब्यक्तिले माग गरेका योजना छनोट गरेकोले जनताको आवस्यकताका आधारमा गाउँपालिकाले आफ्नो आन्तरिक श्रोतबाट बजेट निर्माण गरेको गाउँपालिकाका प्रबत्ता धिरन सिह बुढाथोकीले जानकारी दिनुभयो ।



ब्यास गाउँपालिका वडा नं १ ले जारी गरेको विज्ञप्ती

ब्यास गाउँपालिका वडा नं ३ ले जारी गरेको विज्ञप्ती

ब्यास गाउँपालिका वडा नं ४ ले जारी गरेको विज्ञप्ती

ब्यास गाउँपालिकाले जारी गरेको विज्ञप्ती