जब यात्रुसंग भाडा उठाउन पहिरो नजिक सवारी साधन रोकिए

0
567

दार्चुला, असोज ५ गते ।
दार्चुलाको मार्मा गाउँपालिकामा यात्रु संग भाडा उठाउन रोकिएका सवारी साधनमा ढुङ्गा लाग्दा क्षती भएको छ ।


बा २१ च ७२७९ नम्बरको स्कारपियो कार र से १ ज ८४९ नम्बरकोे बोलेरो जीपमा रिल पहिरो क्षेत्रमा माथिबाट खसेको ढुंगाले क्षति गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनु भयो ।
‘पहिरो नजिक रोकिएका दुई ओटा सवारी साधनमा क्षति भएको छ, मानवीय क्षति हुनबाट जोगियो’ प्रहरी निरीक्षक चन्दले भन्नु भयो । मंगलबार बिहान करिब साढे ९ बजेतिर माथिबाट खसेको ढुंगा लागेर दुबै गाडीमा क्षति भएको छ । सोही क्षेत्रमा पहिरोका कारण सडक समेत अबरुद्ध रहेको थियो । आजै पहिरो पन्छ्याएर सडक सुचारु गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।