जनता संग गरिएका हरेक बाचा पुरा गर्नेछुः मन्त्री चुफाल

0
955

दार्चुला, चैत्र ७ गते ।
मन्त्री बनेपछि पहिलो पटक पिथौरागढ पुगेका भारतको डिडिहाटका विधायक विसन सिह चुफालले जनतासंग गरिएका बाचाहरु पुरा गर्ने बताएका छन् ।

मन्त्री बनेपछि पहिलो पटक पिथौरागढ पुगेका चुफाललाई भाजपा कार्यकर्ताहरुले स्वागत समेत गरेका छन् । कार्यकर्ताहरुले पिथौरागढ प्रबेश द्धार एंचोली देखि नगरभरि स्वागत र्याली निकालेका छन् । भाजपा पिथौरागढ जिल्ला कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पेयजल मन्त्री चुफालले जनताको माग अनुसार आफुले विकास निर्माणका कामहरु गर्ने बताएका छन् । विधान सभा चुनाव अब नजिक रहेकाले आफुले बाचा गरेका कामहरु पहिलो प्राथमिकतामा राखेर गर्ने बताएका छन् । मन्त्री चुफालले उत्तराखण्ड प्रदेशमा प्रत्येक परिवारलाई खानेपानी पुगाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । पानी ट्याङकर नपुग्ने ठाउँमा खच्चडबाट पानी बोकेर समेत पानी उपलब्ध गराइने उहाँको भनाई छ । यस अवसरमा भाजपा पिथौरागढ जिल्ला अध्यक्ष विरेन्द्र बल्दिया, पालिकाध्यक्ष राजेन्द्र रावत, पुर्व जिल्ला अध्यक्ष विरेन्द्र बोहरा, लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।