छ महिनामा जिल्ला प्रशासनका एघार मुद्दा फछ्र्यौट

0
1993

दार्चुला, माघ २१ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले ६ महिनाको अवधिमा ११ ओटा मुद्दाहरु फर्छौट गरेको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलामा दर्ता भएका तथा गत वर्ष जिम्मेवारी सरी आएका मुद्दाहरुमध्ये ११ ओटा मुद्दा फर्छौट गरिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ ओटा मुद्दा दर्ता भएका थिए भने १२ ओटा मुद्दा गतवर्ष जिम्मेवारी सरि आएका थिए । जिम्मेवारी सरि आएका तथा नयाँ दर्ता भएका मुद्दाहरुमध्ये ११ ओटा मुद्दा फस्र्यौट भएका छन् । अभैm १५ ओटा मुद्दाहरु फर्छाैट गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मादक पदार्थ सेवन गरि हो–हल्ला गर्ने उपर ३२ ओटा कारबाही गरेको छ । यस्तै कारबाहीका लागि अन्य निकायमा पठाइएको निवेदन अर्थात् ठाडो उजुरी संख्या ३२ रहेको प्रमुख जिल्ला अधिकारी पोडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले विभिन्न विपद् प्रभावितहरुलाई राहत रकम वितरण गरेको छ । ६ महिनाको अवधिमा १२ ओटा विपद् पीडित परिवारलाई ७५ हजार रुपैयाँ र ४५ ओटा त्रीपाल(टेन्ट) वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
उहाँका अनुसार घर क्षति तथा विस्थापित भएका १२ परिवारलाई राहत वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आवश्यक राहत सहयोगका लागि अन्य निकायमा ५३ ओटा सिफरिस गरेको छ ।
पहिरो रोकथाम तथा जमिन संरक्षणका लागि ग्याविङ तारजालीका उपलब्ध गराउन ६६ ओटा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल रेडक्रस सोसाईटीसंग त्रिपाल उपलब्ध गराई दिन ४१ ओटा सिफारिस गरेको जिल्ला प्रशासनको तथ्यांकले देखाएको छ ।
पूँजिगत खर्च ४७ हजार मात्रै
जिल्ला प्रशासन कार्यालय दार्चुलाले ६ महिनाको अवधिको पूँजिगत खर्च निकै न्युन देखिएको छ । चालु वर्षको आधा समय वितिसक्दा पूँजिगत खर्च शून्य दशमलब २३ प्रतिशत रहेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माणकै लागि चालु आर्थिक वर्षमा २ करोड पाँच लाख ३५ हजार रुपैयाँ पूजीगत बजेट रहेको छ । पूँजिगत बजेटमध्ये ४७ हजार ३ सय मात्रै खर्च भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांकले देखाएको छ ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने आर्थिक प्रगति न्युन देखिए पनि भौतिक प्रगति भइसकेकाले यो वर्ष आर्थिक प्रगतिमा कुनै फरक नपर्ने बताउनुभयो । प्रशासकीय भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । भौतिक प्रगति भए पनि ठेकेदारले रकम भुक्तानीका लागि बिल पेश गरि नसकेकाले आर्थिक प्रगति नदेखिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको चालुखर्च पनि न्युन छ । ६ महिनाको अवधिमा ७ दशमलब ९७ प्रतिशत खर्च भएको छ । १ करोड २५ लाख ४९ हजार रुपैयाँमध्ये १० लाख २ सय ७९ रुपैयाँ ९० पैशा खर्च भएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले ६ महिनाको अवधिमा ८ लाख ६७ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको छ ।