छोरीलाई करणी प्रयास गरेको आरोपमा बुवा पक्राउ

0
770

दार्चुला, भाद्र २३ गते ।
दार्चुलामा आफ्नै १० बर्षिय छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
नौगाड गाउँपालिका घर भई हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आइरहेका ३६ बर्षिय बुवालाई गत आइतबार राती मदिरा सेवन गरि करणीको प्रयास गरेको आरोप लागेको छ । आरोप लागेका पुरुषलाई दार्चुला प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।
आफन्तहरुले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले घटनास्थल पुगेर अवलोकन गरेको जिल्ला प्रहरी कार्यायलय दार्चुलाका प्रहरी प्रमुख एबं डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो । दुबैको स्वास्थ्य चेकजाचँ गरिएको उहाँले बताउनुभयो । मदिरा खाएको बेला श्रीमतीलाई कुटपीट गरि बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । घट्नाको अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि आरोपीलाई हिरासतमा लिइएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताउनु भयो ।