छिरकिल्ला ड्यामका ढोका खोलिदाँ निर्माणाधिन तटबन्धमा क्षती

0
774

दार्चुला, जेठ ८ गते ।
भारतको धार्चुला तहशिल अन्र्तगत छिरकिल्लामा रहेकोे धौलिगङ्गा लजविद्युत आयोजनाका बाधका ढोकाहरु खोलिदाँ नेपाल तर्फको निर्माणाधिन तटबन्धमा क्षती पुगेको छ ।

महाकाली नदीमा पानीको बहाव बढ्दाँ श्रीबगडमा निर्माणधिन तटबन्धमा क्षती पुगेको र निर्माण सामग्री समेत नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले जानकारी दिनुभयो । कंक्रिट, मिक्सर मेसिन, सरिरा सिमेन्ट जस्ता निर्माण सामग्री नदीले बगाएको र निर्माणकार्य समेत प्रभावित भएको उहाँले जानकारी दिनुभयो । विगत केहि दिन देखि भएको बर्षादले भारतको धौलीगङ्गा आयोजनाका बाधका ढोकाहरु जुनसुकै बेला खोलिन सक्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारि गरेको थियो ।