छाङरु र तिंकरका लागि सहुलियत भाडामा हेलिकोप्टर सेवा माग

1202
फाइल फोटोः सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई ज्ञापन पत्र बुझाउदै वडाध्यक्ष असोक सिह बोहरा र स्थानिय जहेन्द्र ऐतवाल

दार्चुला, साउन ९ गते ।
ब्यास गाउँपालिकाको वडा नं १ क्षेत्रमा पर्ने छाङरु र तिंकर गाउँका नागरिकहरुलाई दार्चुला सदरमुकाम आवतजावतका लागि हेलिकोप्टर सेवाको माग गरिएको छ ।
त्रिदेशीय सिमा क्षेत्रमा पर्ने उक्त गाउँहरु जानका लागि नेपालको क्षेत्रबाट बाटो नभएको र भारत संग सिमानाका बन्द भएको अवस्थामा आवत जावतमा समस्या भएको भन्दै ब्यास गाउँपलिका वडा नम्बर एक कार्यालयले ज्ञापन पत्र दिएको छ ।
शुक्रबार सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह दार्चुलाको भ्रमणमा आएका बेला वडाध्यक्ष अशोक सिह बोहरा र पुर्व ब्यास गाविस अध्यक्ष जहेन्द्र सिह ऐतवालले मन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नेपालको क्षेत्र भएर जाने बाटो ठाउँ–ठाउँमा भत्कीएको र भारतसंगको सिमा विवाद चर्कीएका कारण भारतको बाटो भएर आवत जावत गर्न नसकिने भएकाले सहुलियतमा हवाई सेवा उपलब्ध गराउन प्रदेश सरकारसंग माग गरिएको वडाध्यक्ष बोहराले बताउनुभयो ।

यो पनि पढ्नुहोसः घाटिबगरमा बाटो खोल्न एक महिना लाग्नसक्छः सैनिक प्रवक्ता

साउन १९ गते जनै पुर्णीमाको बेला गाउँमा पुजाआजा गर्नुपर्ने भएकाले दार्चुला सदरमुकाममा बाट गाउँ जान बाटो नभएकाले पुजा गर्न समेत बञ्चीत रहनुपर्ने अवस्था छ, ज्ञापनपत्रमा भनिएको छ ।
दार्चुला सदरमुकाम देखि तिंकर जानका लागि हवाई मार्ग मात्रै विकल्प भएको अवस्थामा सरकारले नागरिकहरुलाई सहुलियतमा उक्त सेवा उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ ।
छाङरु र तिंकर गाउँ जानका लागि नेपाली सेनाले विगत एक महिना देखी बाटो बनाइरहेको भएपनि घाटिबगर क्षेत्रमा हाल सम्म आधा बाटो मात्रै खोल्न सकिएको छ ।
कठिन भुगोल र निरन्तर भइरहेको बर्षादका कारण बाटो पुर्ण रुपमा सुचारु गर्न अझै एक महिना लाग्न सक्ने नेपाली सेनाले जनाएको छ ।

ज्ञापन पत्र हेर्नुहोस ।

तपाईको प्रतिक्रिया दिनुहोस् !