छाङरु पुगी फर्कियो सशस्त्र प्रहरी टोली

0
1793

विरा दत्त भट्ट, ०७ चैत्र दार्चुला
सिमा क्षेत्र अवलोकनका लागी दार्चुलाको उत्तरी सिमा क्षेत्रमा गएको सशस्त्र प्रहरीको टोली छाङरु बाट फिर्ता भएको छ ।
दार्चुला सदरमुकाम खलंगा बाट लगभग ६८ किलोमिटर टाढा उत्तरी क्षेत्रमा पर्ने ब्यास गाउँपालिकाको वडा नं १ छाङरु क्षेत्र पुगेर सशस्त्र प्रहरीको टोली शुक्रबार ब्यास गाउँपालिकाको सुन्सेरा झरेको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपती डम्बर बहादुर विष्टले बताउनुभयो । बिओपी बन्ने क्षेत्र व्याँस गाउँपालिकाको वडा नं १ गागाको अवस्था बुझी टोलि सुन्सेरा झरेको उहाँको भनाई छ । सशस्त्र डिएसपी डम्बर बहादुर विष्ट शनिबारसदरमुकाम आउने तयारीमा छन् भने टोलीे चैत्र १० गते फर्किने श्रोतले जनाएको छ ।
कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर वर निर्माण हुने बिओपी निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न गुल्मपति डम्मर बहादुर बिष्टको नेतृत्वमा १५ जना सशस्त्र प्रहरीको टोली चैत्र ४ गते जिल्ला सदरमुकाम खलंगाबाट त्यसतर्फ लागेकोे थियो ।