छाङरुमा नमस्ते टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिदै

0
944
फाईल फोटोः छाङरु क्षेत्र

दार्चुला, कार्तिक २४ गते ।
ब्यास गाउँपालिका वडा नं १ को छाङरु गाउँमा नमस्ते फोन सेवाको टावर निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी भइहरको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानी नजिकको क्षेत्र छाङरुमा हाल नेपाल टेलिकमको स्काई टावर रहेको छ । स्काईको टावरले प्रभावकारी रुपमा काम नगर्ने भएका कारण नमस्ते टावरको निर्माण गर्न लागिएको छ । टावर निर्माणका लागि आइतबारदेखि करिब १ सय ८० क्वीन्टल टेलिकमका टावरका सामग्रीहरु ढुवानी भइरहेको वडा नम्बर १ का वडाध्यक्ष बोहराले जानकारी दिनुभयो । हिउदको सीजन सुरु भइरहेको र हिउदमा भारी हिमपात हुने भएकाले यस बर्षको हिमपात हुनु भन्दा पहिले नै टेलिकमको टावर निर्माण गर्ने गरि ढुवानी भइरहेको उहाँको भनाई छ । हाल लाई टावर निर्माणको कार्य गरिने तथा आगामी चैत्र-बैशाखबाट टावर सञ्चालमा ल्याइने छ ।