चामल बोकेर छाङरु तर्फ गएको हेलिकोप्टर खराब मौसमका कारण अवतरण नगरी फिर्ता

910
फाईल फोटो

दार्चुला , असार २७ गते ।

दार्चुलाको दुर्गम क्षेत्र ब्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकरका लागी चामल ढुवानी गर्न उक्त क्षेत्र तर्फ उडेको हेलिकोप्टर खराब मौसमका कारण छाङरु नपुगी आधा बाटो बाट फिर्ता भएको छ ।
नेपाल सरकारको ढुवानी अनुदानमा सुर्खेत बाट ट्रकमा आएको चामल दार्चुला सदरमुकाम खलंगा बाट निजि कम्पनीको हेलिकोप्टरबाट ढुवानी गर्ने ब्यवस्थापन गरिएको छ ।
शनिबार दिउसो १ बजेतिर सदरमुकाम खलंगाबाट ब्यास क्षेत्रतर्फ उडेको हेलिकोप्टर मौषम खराबिका कारण ब्यास गाउँपालिकाको वडा नं २ थी क्षेत्रबाट फिर्ता भएको ब्यास गाउँपालिका वडा नं १ का अध्यक्ष असोक सिह बोहराले जानकारी दिनुभयो ।

यो पनि पढ्नुुहोसः व्यासका लागि चामल र हेलिकोप्टर खलंगा आइपुग्यो

शनिबार उडान भरेको हेलिकोप्टरमा २ क्वीनटल चामल र चालक दल सहित ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी, नेपाली काङ्गेस दार्चुलाका जिल्ला सभापति ललित सिह बोहरा, ब्यास गाउँपालिका वडा नं १ का अध्यक्ष असोक सिह बोहरा समेत ब्यास क्षेत्रमा ढुवानी हुने चामल ब्यवस्थापनका लागी गएका थिए तर प्रतिकुल मौषमका कारण दार्चुला सदरमुकाम नै फिर्ता आउनुपरेको स्रोतले जनाएको छ ।
शुक्रबार साझँ दार्चुला सदरमुकाम पुगेको निजि वायु सेवा कम्पनी माउनटेनको हेलिकोप्टरले शनिबार दिउसो एक मात्रै उडान गरेको भएपनि प्रतिकुल मौषमका कारण फिर्ता भएको हो ।
शनिबार दार्चुला सदरमुकाम खलंगा क्षेत्र सहित उत्तरी क्षेत्रमा दिनभरी बर्षाद भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !