चमेलीयामा सुरक्षा जिम्मेवारी हेरफेरः सशस्त्र फिर्ता गरि सेना खटाइयो

0
857

कालापानी न्युज, दार्चुला ।

दार्चुलाको शैल्यशिखर नगरपालिका १ मा रहेको चमेलीया जलविद्युत आयोजनामा सुुरक्षा जिम्मेवारी हेरफेर गरिएको छ । चमेलीया जलविद्युतका लागी सुरक्षार्थ खटाइएको सशस्त्र प्रहरीलाई फिर्ता गरि शुक्रबार बाट नेपाली सेनाले सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।
शुक्रबार बाट नेपाली सेनाका ४० जनाको टोली चमेलिया जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको दार्चुला स्थित दुर्गादल गुल्मका गुल्मपति श्यामराजा विक्रम थापाले बताउनुभयो । केन्द्रकै निर्णय अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्य क्षेत्रमा खटाउनेपर्ने भएकाले सशस्त्र तथा नेपाल प्रहरी खटिएको ठाउँमा नेपाली सेना खटाउन लागिएको हो ।
सुदूरपश्चिम प्रदेश सशस्त्र बाहिनी अत्तरियाबाट सशस्त्र प्रहरीका डिएसपी जीवन भण्डारीको नेतृत्वमा ४० जनाको सशस्त्र प्रहरीको टोली आयोजनाको सुरक्षार्थ खटिएको थियो । उक्त टोली शुक्रबारदेखि जिम्मेवारी परिवर्तन गरिएसंगै फर्किएको छ ।