घुम्ति सेवाबाट अठार लाख राजश्व संकलन

2334

दार्चुला, भदौ १४ गते ।
आन्तरिक राजश्व कार्यालय कञ्चनपुरले दार्चुलाबाट ४ दिनमा १८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । दार्चुला जिल्लाभरी रहेका उद्योगी व्यवसायीहरुबाट दार्चुलामा सञ्चालित घुम्ति शिविरको क्रममा १८ लाखभन्दा बढी राजश्व संकलन गरेको हो ।
दार्चुला उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक राजश्व कार्यालयले भदौ १० देखि १३ गतेसम्म दार्चुलामै करसेवा उपलब्ध गराएको हो । दार्चुलाको घुम्ति शिविरबाट १८ लाख ५७ हजार ६ सय २८ रुपैयाँ राजश्व संकलन भएको कर अधिकृत सुशीलकुमार महताराले बताउनुभयो ।
घुम्ति शिविरमा व्यवसायीहरुले कारोबार परिवर्तन, नयाँ दर्ता, कारोबारको थपघट, राजश्व संकलन, कर चुक्ताको प्रमाण पत्र जारी र भ्याट दर्ताको सेवा दिइएको छ । दार्चुलाका ८ सय २० जनाले आयकर बुझाएका छन् । ४१ व्यवसायीले कारोबार थपघट गरेका छन् भने ९० जनाले नयाँ स्थायी लेखा नम्बर लिएको दार्चुला उद्योग वाणिज्य संघका महासचिव मिलनराज अवस्थीले बताउनुभयो ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत लेखनाथ शर्माको नेतृत्वमा दार्चुलामा करदाता सेवा दिइएको हो । घुम्ति शिविरमा कर अधिकृत शुशीलकुमार महतारा, नायब सुब्बा भीम बहादुर विष्ट लगायतले सेवा प्रवाह गरेका छन् ।
दार्चुला उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय कञ्चनपुरसंग हरेक वर्ष दार्चुलामै करदाता सेवा प्रवाहका लागि समन्वय गर्दैआएको अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । करसम्बन्धि सेवा प्राप्त गर्न महेन्द्रनगर पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न आफुहरुले विगतदेखि घुम्ति करदाता सेवामा समन्वय गर्दैआएको अध्यक्ष ठगुन्नाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !