घाटीबगर बाटो निर्माणका क्रममा ज्यान गुुमाएका धामीको परिवारलाई सेनाको राहत र सम्मान

0
1177

दार्चुला, असोज १९ गते ।
घाटीबगर बाटो निर्माणका क्रममा ज्यान गुमाएका धामीको परिवारलाई नेपाली सेनाले नगद रकम हस्तान्तरण गरेको छ । साथै मृतकको सम्मानमा ब्याज र प्रमाणपत्र दिएको छ ।
गत भाद्र १९ गते घाटीबगर बाटो निर्माणका क्रममा माथिबाट खसेको ढुङ्गा लागेर ब्यास गाउँपालिका वडा नं ५ का स्थानिय दिवान सिह धामीले ज्यान गुमाएका थिए ।
नेपाली सेनाले निर्माण गरिरहेको ५ सय ५० मिटरको उक्त बाटो निर्माणका क्रममा ज्यान गुमाएका धामीको परिवारलाई नेपाली सेनाले १० लाखको चेक हस्तान्तरण गरेको छ ।
आज उक्त बाटो सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको छ ।
बाटो निर्माणका क्रममा ज्यान गुमाएका धामीका श्रीमतीलाई नेपाली सेनाका उपरथी एबं सुदुरपश्चिम पृतनापति निर्मल कुमार थापाले चेक हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाले निर्माण गरेको बाटोमा ज्यान गुमाएका धामीको सम्मानका लागि प्रधानसेनापति पुर्णचन्द्र थापाको तर्फबाट पृतनापति थापाले ब्याज र प्रमाणपत्र समेत हस्तान्तरण गरेका छन् ।


सम्बन्धित समाचारहरु