घाँटीबगर छाङरु जोड्ने बाटोको २ सय ५० मिटर ट्रयाक खोलीयो

0
915

 

साउन ६ गते, दार्चुला ।
दार्चुलाको ब्यास गाउँपालिकाका वडा नं १ छाङरु जोड्ने बाटोको आधा काम सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको घाँटीबगर देखि छाङरु जोड्ने ४ सय ५० मिटर बाटो मध्ये २ सय ५० मिटर बाटाको ट्रयाक खोलिएको नेपाली सेनाका प्रबत्ता सन्तोषबल्ल्भ पौडेलले जानकारी दिएका छन् ।
प्रबत्ता पौडेलले ट्वीटर मार्फत नेपाली सेनाले बनाइरहेको बाटोको अहिले सम्मको प्रगति बारेमा जानकारी दिएका हुन् ।
प्रबत्ता पौडेलले फोटो र नक्सा राख्दै ट्वीटरमा लेखेका छन्, ‘कठिनाईमा तप ! घाँटीबगड – छाङरु ट्रयाक खुलाउने प्रक्रियाको अपडेट सेयर गर्न पाउदा खुसी लागेको छ । ४ सय ५० मिटर मध्ये २ सय ५० मिटर सम्पन्न भएको छ’ ।