घाँटीबगरमा नेपाली सेना तैनाथ

0
782

दार्चुला । दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना तैनाथ भएको छ । मन्त्रिपरिषदको गत वैशाख १४ गतेको बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तरगत उत्तरीतर्फ रहेको ८७ कि.मि. सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय गरेको थियो । जसअनुसार घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो । सो सडक खण्ड अन्तरगत त्यहाँ तैनाथ सेनाले दार्चुलाको व्यास गाँउपालिका वडा नम्बर २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो–घोडेटो बाटो निर्माण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सो बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त थप फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली शुक्रबार तैनाथ गर्ने योजना रहेको पनि सेनाले जनाएको छ । चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुलाको व्यास १ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवार सो बाटो निर्माणपछि लाभान्वित हुनेछन् । घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिले सेनालाई जिम्मा दिने निर्णय गरेको थियो । सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमि प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।यसअघि उनीहरुलाई आउजाउका लागि भारतीय भूमि प्रयोग गर्नेपर्ने बाध्यता थियो ।
रातोपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here