गोकुलेश्वरमा राष्ट्रिय प्रसारण लाईनमा रुख काटेर ढाल्दा दार्चुलाको विद्युत अवरुद्ध

0
912
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला

दार्चुला, भाद्र १७ गते ।

दार्चुलामा जिल्ला सदरमुकाम खलंगा लगायतका विभिन्न क्षेत्रमा मंगलबार देखि विद्युत अबरुद्ध भएको छ ।
शैल्यशिखर नगरपालिका गोकुलेश्वरको गाजरी भन्ने स्थानमा स्थानियहरुले रुख काट्दा राष्ट्रिय प्रसारण लाइनमा क्षती पुगेकाले विद्युत् सेवा अबरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा रुख परेपछि राष्ट्रिय प्रसारण लाइन चुडिएकाले दार्चुला, बैतडी तथा डडेल्धुरामा समेत विद्युत् सेवा अबरुद्ध भएको छ ।
विद्युत् मर्मतका लागि विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाबाट निमित्त कार्यालय प्रमुख कुलदीप सदाको नेत्वको टोली बुधबार विहान् त्यसतर्फ गएको छ । त्यस तर्फ गइरहेकाले रुख ढलेको हो वा ढालीएको हो भन्ने विषयमा जानकारी नभएको र स्थलगत पुगेपछि कति क्षती भएको छ भन्ने विषयमा जानकारी हुने निमित्त कार्यालय प्रमुख कुलदीप सदाले जानकारी दिएका छन् । लाइन नजिको रुख काट्दा स्थानियहरुले विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलालाई कुनै जानकारी नदिएको एक जना कर्मचारीले बताए । विद्युत अवरुद्ध गर्ने नियतले रुख काटेर लाइनमा ढलेको भए सार्वजनिक मुद्दा लाग्न सक्ने जानकारहरुले बताएका छन् ।

विगत केहि दिन अघि अत्तरियाको गोदावरी नजिकै राष्ट्रिय प्रसारण लाइन चुँडिदा पहाडी जिल्लाहरुको विद्युत् सेवा अबरुद्ध बनेको थियो । विद्युत सेवा बेला बेला अवरुद्ध हुदाँ उपभोक्ताहरुलाई सास्ती हुने गरेको छ ।