गोकुलेश्वरमा एक जना प्रधानाध्यापक मृत फेला

0
823
सांकेतिक तस्बीर

दार्चुला, कार्तिक १८ गते ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरको शिवपुरी धाम नजिक नालीमा एक जना प्रधानाध्यापकको शव फेला परेको छ । मंगलबार विहान अन्दाजी ७ः४० बजे तिर शव भेट्टिएको भन्ने सुचना पाउना साथ इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक खगेन्द्रसिह साँउदको टोली घटनास्थल पुगेको थियो ।
उक्त शव डिलाशैनी गाउँपालिकाको गन्ना घर भएका गोबिन्द घरेडीको रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
मृतक डाडाबाग आधारभुत विद्यालय  डिलाशैनी बैतडीका प्रधानाध्यापक समेत हुन् । प्रधानाध्यापक घरेडीको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनास्थलको मुचुल्का उठाउने कार्य भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक चन्दले जानकारी दिनुभयो ।