गृहमन्त्री थापाको टोली छाङरुमा

0
767
फाईल फोटोः छाङरु क्षेत्र

दार्चुला, असोज ९ गते ।

गृहमन्त्री राम बहादुर थापा (बादल) शुक्रबार दार्चुला आइपुगेका छन् । ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरुकोे गागामा सशस्त्र प्रहरीको गुल्म सिलन्याशका लागि गृहमन्त्रीको टोली दार्चुला आएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र पर्ने ब्याँस क्षेत्रमा पछिल्लो समय नेपाल सरकारले सुरक्षा उपस्थिति बढाउदै गएको छ । बैशाख ३१ गते पहिलो पटक छाङरुमा सशस्त्रको बिओपी स्थापना गरिएको थियो । मन्त्री परिषदको बैठकले पछि छाङरुमा गुल्म स्थापना गर्ने निर्णय गरेको थियो ।

गुल्मको भवन सिलन्याशका लागि नेपाल सरकारका गृहमन्त्रीको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत् छाङरु तर्फ प्रस्थान गरेको छ ।

गृहमन्त्री थापाको टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना, राजनीतिक सल्लाहाकार सुर्य सुवेदी, सुरक्षा सल्लाहाकार इन्द्रजीत राई, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे लगायत सहभागि रहेका छन् ।
कालापानी भन्दा १२ किलोमिटर वर छाङरु क्षेत्रमा नै गृहमन्त्रीको टोली राती समेत बस्ने कार्यतालिका रहेको स्रोतले जनाएको छ ।