गुञ्जीमा भारतीय प्रहरीको थाना सञ्चालन

0
746
फाईल फोटोः कौवा र गुञ्जी क्षेत्र

दार्चुला, असार ४ गते ।
भारतले अतिक्रमण गरेको नेपाली गाउँ गुञ्जीमा भारतीय प्रहरीको थाना सञ्चालनमा आएको छ ।

हिउँदमा भारी हिमपातका कारण धार्चुला झरेको प्रहरीको थाना बर्षाद लागे संगै गुञ्जी गएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । प्रहरी टोली गुञ्जीका लागि गएको र गुञ्जी पुग्ने वित्तिकै थाना सञ्चालनमा आउने छ । गुञ्जी तर्फ गएको प्रहरी टोलीलाई पिथौरागढ जिल्ला अधिकारी आनन्द स्वरुप र पिथौरागढ प्रहरी प्रमुख सुखविर सिहले उच्च हिमाली क्षेत्र गुञ्जीमा ड्युटीका क्रममा कुनै समस्या भए तत्काल समाधान गरिने आश्वासन दिएका छन् । शौका समुदाय कुञ्चा सरेर त्यस क्षेत्रमा पुगे संगै प्रहरीलाई पनि शान्ति सुरक्षाका लागि तैनाथ गरिएको छ । नेपाली अतिक्रमित भूमी गुञ्जीमा भारतले आफ्नो उपस्थिती बलियो बनाएको छ । गुञ्जीमा भारतीय प्रशासनिक निकायका विभिन्न कार्यालयहरुका साथै सीमा क्षेत्रमा तैनाथ आर्मी, एसएसबी तथा आइटीविपिको मुख्य कार्यालय रहेको छ । गुञ्जीको प्रहरी थानाले नेपाली अतिक्रमीत गाउँहरु गुञ्जी, नावि र कुटी सहित रकङकाङ, नपलच्यु, गरब्याङ लगायतका गाउँहरुको शान्ति सुरक्षा गर्नेछ ।