माथिबाट पहिरो खस्दा तुसरपानी गाउँ जोखिममा

877
फाईल फोटोः तुसरपानी गाउँ

दार्चुला, साउन २० गते ।
दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ३ तुसरपानीमा गाउँ माथिबाट पहिरो खस्दा २८ ओटा परिवार जोखिममा परेका छन् ।
घना बस्ती रहेको तुसरपानी बस्तीमाथिबाट पहिरो खसेकाले पुरै बस्ती जोखिममा परेको ब्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह कुवरले जानकारी दिनुभयो । तुसरपानी गाउँका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको र उनीहरुलाई राहत देखि अन्य व्यवस्थापन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
तुसरपानी क्षेत्रमा ब्यास गाउँपालिकाबाट प्रशासन तथा प्राविधिकहरुको टोली, प्रहरी चौकी सुन्सेराबाट प्रहरी टोली गई स्थलगत अबलोकन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनु भयो ।
जोखिममा परेका घरपरिवारलाई विद्यालय र गल्था टोलमा सारिएको स्थानिय पत्रकार कृष्ण सिह कुवरले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !