गरीब घरपरिवारलाई नगर प्रबक्ताको राहत

0
1798

विरा दत्त भट्ट, दार्चुला ।

महाकाली नगरपालिकाका प्रबत्ता पुस्कर राज जोशीले गरीब घरपरिवारलाई ब्यक्तिगत रुपमा राहत वितरण गरेका छन् ।
आफु निर्वाचीत भएको वडा नं ४ क्षेत्रमा २३ गरीब घरपरिवारलाई लकडाउनका बेला परेको समस्यालाई मध्यनजर गर्दै राहत वितरण गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि चैत्र ११ गतेदेखि देशभर लकडाउन घोषणा गरिएको थियो । नेपाल सरकारले लकडाउन घोषणा गरेपछि काम नपाएपछि छाक टार्न मुस्किल भइरहेका श्रमिक तथा असहाय परिवारलाई महाकाली नगरपालिकाको वडा नं ४ का वडाध्यक्ष एंब प्रबत्ता जोशीले सोमबार पाँच क्वीन्टल) चामल वितरण गरेका हुन् ।
लकडाउनले उनीहरुको साँझ विहानको छाक टार्न समेत मुस्किल भएकाले आफूले व्यक्तिगत रुपमा थोरै भएपनि सहयोग गरेको वडाध्यक्ष जोशीले भन्नु भयो । ‘लकडाउनले उनीहरु भोकै बस्नुपर्ने अवस्था आएकाले यस्तो अवस्थामा थोरै भएपनि सहयोग गर्नुप¥यो भनेर सहयोग गरेको हुँ’ वडाध्यक्ष जोशीले भन्नु भयो । वडाभित्र रहेका दैनिक ज्यालामजुरी गरेर छाक टार्ने तथा असहाय परिवारको तथ्यांक संकलन गरि २३ परिवारलाई खाद्यान्न वितरण गरेको वडाध्यक्ष जोशीले बताउनु भयो । परिवारको आकारका आधारमा उनीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
बालुवा बोकेर, गिट्टी कुटेर, ज्यालामजदुरी गरेर छाक टार्ने परिवारहरु अहिले समस्यामा परेकाले सबैले सहयोग गर्न वडाध्यक्ष जोशीले आग्रह गरेका छन् । महाकाली नगरपालिकाले राहत विरतरणका लागी तथ्याङ्क संकलन गरिरहेकाले पालिकाले पनि राहत वितरण गर्ने उनको भनाई छ ।