गभर्नर अधिकारीको टोली दार्चुलामा

270

दार्चुला,पुष ०८ गते ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दार्चुला पुग्नु भएको छ । काठमाडौंबाट धनगढी हुँदै गभर्नर अधिकारीको टोली वित्तीय साक्षरता र डिजिटल भुक्तानीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भाग लिन दार्चुला पुग्नु भएको हो । गभर्नर अधिकारी,बैंकका कार्यकारी निर्देशकसहित दार्चुला पुगेर जिल्ला सदरमुकाममा सरोकारवालासंग वित्तीय साक्षरता र डिजिटल भुक्तानी सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताइएको छ । यस्तै धनगढीस्थित बैंकका निर्देशकसहित गर्भनरको टोली दार्चुलामा रहेको छ । उहाँ शनिबार राजधानी फर्कने कार्यक्रम छ । आईतबार सार्वजनिक बिदा भएकाले सोमबार अर्को एउटा कार्यक्रमको निम्ति पोखरा जाने र मंगलबार फर्केपछि बुधवारदेखि नियमित कार्यालय जाने स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !