गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा,,जनजिविकाको सवालमा सोचे जस्तो प्रगति हुन सकेन

353
दार्चुला,जेष्ठ १५ गते
दार्चुलामा १६ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउन थालिएको हो । सोमबार जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडुको अध्यक्षतामा जिल्ला सदरमुकामको खुल्ला मञ्चमा गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रम गरिएको हो । कार्यक्रम खलंगा बजार क्षेत्रको खुल्ला मञ्चबाट र्याली सुरु भई घाटबजार रिङनताल दार्चुला तिङ्कर सडक हुदै जिल्ला अस्पताल दार्चुलामा पुगेर अस्पतालमा भर्ना भएका ८ जना विरामीहरुलाई फलफुल वितरण गरिएको छ । यस्तो नेपाली सेना,नेपाल प्रहरी, र महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनत विद्यार्थीहरुले रक्तदान गरेका छन् ।
जिल्ला सदरमुकाम खलंगाको खुल्ला मञ्चमा कोण सभामा परिणत कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख महादेव बडुले राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गएपनि जनजिविकाको सवालमा भने सोचे अनुरुपको प्रगति हुन नसकेको बताउनु भएको छ । १५ वर्ष हामीले गणतन्त्रको अभ्यास गरिसकेका छौँ डेड दशकमा गणतन्त्र र लोकतन्त्रको संस्थागत विकास हुनु पर्ने हो तर त्यो हुन नसक्दा गणतन्त्र दिवसमा उत्साह नदेखिएको उहाँको भनाई छ । यो कार्यक्रममा कर्मचारी,विध्यार्थी,शिक्षक र पत्रकारको मात्रै उपस्थिति देखिन्छ तर गणतन्त्र ल्याउनको लागि लडेका राजनितिक कार्यकर्ताहरु अहिले जनप्रतिनिधिको रुपमा छन् गणतन्त्र दिवस मनाउन उत्साह नदेख्दा दुख लागेको समन्वय प्रमुख बडुको भनाई छ । गणतन्त्रलाई सबैले आत्मसाथ गर्दै लागे मात्र परिवर्तन सम्भव हुने उहाले बताउनु भयो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयहरुका कर्मचारी,प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु,पत्रकार लगायतको सहभागीता रहोको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस् !