गणतन्त्र दिवसको अवसरमा दार्चुलाका तीन कैदीबन्दीलाई आम माफी

687
दार्चुला,जेष्ठ १५ गते
१६ औँ गणतन्त्र दिवसको अवसरमा सोमबार जिल्ला कारागार दार्चुलाका ३ जना कैदीबन्दी रिहा भएका छन । असल चालचलन भएका र तोकिएको सजायको कम्तीमा ५० प्रतिसत सजाय भुक्तान गरिसकेका विभिन्न प्रकृतिका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्ने सरकारी निर्णय संगै उनिहरु रिहा भएका हुन् । दिवसको अवसरमा कारागारबाट ३ जना कैदीबन्दी रिहा गर्न कारागार प्रशासनले गरेको सिफारिसलाई छानबिन गरेर सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैन्दीबन्दी रिहा गरेको दार्चुला कारागारले जनाएको छ । जिल्ला कारागारबाट आम माफी पाउने कैदीबन्दीहरुमा दार्चुलाको दुहुँ गाउँपालिका–१ का बहूविवाह मुद्दाका दोषी सुनिल बम र भागरथी चन्द, धनगढी उपमहानगरपालिका–१ कैलालीका सवारी ज्यान मुद्दाका दोषी राहुल चौधरीलाई रिहा गरिएको जिल्ला कारागार दार्चुलाका जेलर रामराज पन्तले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया दिनुहोस् !