खोतिला पहिरोमा प्राविधिक टोली

0
2337

महाकाली नदी किनारको भारतीय क्षेत्रको खोतिला पहिरो व्यवस्थापनबारे शुक्रवार विहान प्राविधिकहरुको टोलीले स्थलगत भ्रमण गर्ने भएको छ । एक महिनाअघि नेपाल र भारतका अधिकारीबीचको सीमा समन्वय बैठकको सहमतिअनुसार पहिरोको व्यवस्थापनबारे अध्ययन गर्न प्राविधिकहरुले स्थलगत भ्रमण गर्ने भएका हुन् ।
वर्षात सकिएलगत्तै खोतिला पहिरोको व्यवस्थापन गर्नेबारे दुई देशका अधिकारीबीच सीमा बैठकमा सहमति भएको थियो । पहिरो व्यवस्थापनबारे अध्ययन गर्न भारतको देहरादूनबाट प्राविधिक टोली आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । महाकाली नदी नियन्त्रण आयोजनाका प्राविधिकहरु सहितको टोली सहित संयुक्त रुपमा पहिरो क्षेत्रको भ्रमण गरिने उहाँले जानकारी दिनुभयो ।
वर्षात सकिएलगत्तै पहिरो व्यवस्थापनको काम सुरु हुने अपेक्षा गरिएको छ । भारतीय पक्षले आफ्नो तर्फको पहिरो व्यवस्थापन गर्न सीमा बैठकमा सहमति जनाइसकेको छ । खोतिला पहिरोका कारण नेपालतर्फको तटबन्ध निर्माण कार्य प्रभावित बन्दैआएको छ । पहिरो खस्ने क्रम जारी रहेको र महाकाली नदीको वहाव रोकिने खतरा समेत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here