खेल मैदान निर्माणमा ३० लाख बजेट

0
2360

दार्चुला, पुष २६ गते ।
मालिकार्जन गाउँपालिकाले खेल क्षेत्रका विकासका लागि ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले खेल क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको अध्यक्ष नरेन्द्रसिँह धामीले बताउनु भयो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५।७६ मा खेल क्षेत्रको विकासका लागि गाउँपालिकाभरी ३ ओटा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागेको अध्यक्ष धामीले बताउनु भयो । खेलमैदान निर्माण गर्न स्वरस्वती माध्यमिक विद्यालय उकुु, शंकरपुर माध्यमिक विद्यालय पस्ती र खान माध्यमिक विद्यालय ऐरिछानामा रु दश, दश लाख वजेट विनियोजन गरिएको उहाँले बताउनु भयो । खेल मैदान निर्माण कार्य गर्न डिपीआरको कार्य भइरहेको र डिपिआर गरेपछि छिट्टै निर्माण कार्य सुरु हुने उहाँको भनाई छ ।