खुलामञ्चमा बम फेला

601

दार्चुला, जेठ २० गते ।
दार्चुला सदरमुकाम खलंगा स्थित खुला मञ्चमा बम फेला परेको छ ।

खुला मञ्चमा मैदान निर्माणका क्रममा विहिबार ११ बजे तिर कामदारहरुले बम फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । करिब १ फिट लम्बाई र ६ इन्च चौडाई भएको सकेट बम फेला परेको उहाँले बताउनुभयो । पुरानो बम भएकाले द्धन्द्धकालमा राखिएको हुन सक्ने अुनमान गरिएको उहाँले जानकारी दिनुभयो । बम फेला परेको जानकारी पाउनेवित्तिकै प्रहरी टोली उक्त स्थानमा खटिएको थियो भने नेपाली सेनाको टोली पनि बम डिस्पोजका लागि उक्त क्षेत्रमा पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !