खलंगा स्थित पुलघाटमा भारतबाट भित्रिने २२ जनाको कोरोना परिक्षण

792
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, चैत्र २६ गते ।
भारतका विभिन्न राज्यहरुमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि दार्चुला सदरमुकाम खलंगा स्थित सीमानाकामा भारतबाट भित्रीनेहरुको एन्टिजन विधिबाट कोरोना परीक्षण भइरहेको छ ।

चैत्र १७ गते देखि सीमानाकामा भारतको टाढाका विभिन्न सहरहरुबाट भित्रिनेहरुको कोरोना परिक्षण भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । हाल सम्म २२ जनाको पुलघाटमा एन्टीजन विधिबाट कोरोना परिक्षण गरिएको पुलघाटमा खटिएका स्वास्थ्यकर्मी सुरेश कार्कीले जानकारी दिनुभयो । भारतको दिल्ली, बैङलुरु लगायतका क्षेत्रबाट आउनेहरुको कोरोना परिक्षण भइरहेको उहाँले बताउनुभयो । एण्टीनेट परिक्षण गरिएका सबैको नतिजा नेगेटीभ आएको छ ।
पुलघाटमा रहेको हेल्थ डेक्सबाट एन्टिजन परीक्षणका साथै मलेरिया परिक्षण र एचआइभीको समेत परिक्षण भइरहेको स्वास्थ्यकर्मी कार्कीले जानकारी दिनुभयो । हेल्थ डेक्समा दुई जना स्वास्थ्यकर्मी स्वास्थ्य कार्यालय दार्चुलाबाट र एक जना नगरपालिकाबाट परिचालन गरिएका छन् ।
भारतका विभिन्न सहरहरुबाट भित्रिने तथा संकाशपद ब्यक्तिहरुको मात्रै परीक्षणहरु भइरहेका छन् । हाल सम्म ७ जनाको मलेरिया परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटीभ आएको उहाँको भनाई छ । नेपालमा कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै एन्टीजेन परीक्षण थालिएको कार्कीको भनाई छ । नयाँ बर्ष तथा विशु पर्वमा भारतको विभिन्न क्षेत्रबाट भित्रिनेहरुको संख्या बढेको छ । भारतको पिथौरागढ लगायत नजिकका सहरहरुबाट धेरै जना भित्रीरहेको भएपनि विषेगरि कोरोना प्रभावित सहरहरुबाट भित्रीरहेकाहरुको मात्रै एन्टीजन परिक्षण भइरहेको बताइएको छ

तपाईको प्रतिक्रिया दिनुहोस् !