खलंगा बजार अनुगमन

0
869

दार्चुला, असोज २९ ।
चाडपर्वलाई लक्षित गरि दार्चुला सदरमुकाममा रहेको खलंगा बजारको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको छ ।
चाडपर्वका बेला खाद्यान्न स्टकको अवस्था र कोरोना कहरका विच भइरहेको कारोबार बारे अनुगमन गरिएको छ । अनुगमन टालीले महाकाली नगरपालिका वडा नं ४ को मोहती र बंगाबगड बजार क्षेत्रका सप्लायर्स पसलहरुमा अनुगमन गरि खाद्यान्न स्टकको अवस्था बारे समेत जानकारी लिएको छ ।
छ वटा पसलहरुमा गरिएको अनुगमनमा ३ सय ८५ क्वीनटल चामल, १ सय ८ क्वीनटल पीठो पाइएको छ । चाडपर्वका बेला खाद्यान्न प्रसस्त रहेकाले खाद्यान्नको अभाव नहुने अनुमान गरिएको छ । साथै पसलहरुबाट म्याद नाघेका सामनहरु बरामद गरिएको छ । १५ प्याकेट विस्कुट, सात प्याकेट जुस, ८ वटा नमकिन, १ किलोग्राम मुलाको विउ र २ बोतल तेल बरामद गरिएको छ ।
संयुक्त बजार अनुगमन समितिमा निमित्त प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय दार्चुलाका कर्मचारीहरु, नगरपालिकाका प्रतिनिधी, जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोली, उद्योग बाणिज्य संघका प्रतिनिधी , पत्रकार लगायत रहेका थिए । बजार अनुगमनका क्रममा अनुगमन टोलीले व्यापारीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षा तथा सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिएको छ । पछिल्लो सयम दार्चुलामा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले अनुगमन टोलीले व्यवसायीहरुलाई यस्तो अनुरोध गरेको हो ।