खलंगामा वर्षा

770
फाइल फोटो

दार्चुला, बैशाख ४ गते ।
दार्चुला सदरमुकाम खलंगा लगायत आसपासका क्षेत्रमा शनिवार साझँ देखि पानी परिरहेको छ ।

सदरमुकाम खलंगामा शुक्रबार बेलुका हावाहुरी चलेपनि पानी पर्न सकेको थिएन । शनिबार भने हावाहुरी संगै बर्षा समेत भएको छ । यस बर्ष हिउँद देखि वर्षा नहुदाँ जमीन सुख्खा भएर दार्चुलाको वायु प्रदुषण समेत बढेको थियो । लामो समय देखि पानी नपर्दा दार्चुलाका किसानहरुको हिउँदको बाली राम्ररी नफलेको ब्यास गाउँपालिका वडा नं ४ का स्थानिय पत्रकार मान सिह कुवरको भनाई छ । आज केहि मात्रामा भएपनि वर्षाद हुदा ब्यास क्षेत्रमा धान खेती लगाउन तथा मकै छर्न कृषकहरुले तयारी गरिरहेको पत्रकार कुवरको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !