कोरोना संक्रमित फेला परेपछि मालिकार्जुन गाउँपालिकामा तिनवटा वडाहरु सिल

0
957

दार्चुला, साउन २७ गते ।

मालिकार्जुन गाउँपालिकामा पहिलो पटक तिन जना कोरोना संक्रमित फेला परेपछि तिनवटा वडा सिल गरिएका छन् । मंगलबार सेती अस्पताल कैलालीमा भएको परिक्षणमा मालिकार्जुन गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि वडानम्बर ३, ४ र ८ लार्ई शिल गर्ने निर्णय गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
मालिकार्जुन गाउँपालिका वडानम्बर ४ मा १ जना र वडानम्बर ८ मा जना २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै वडानम्बर ३, ४ र ८ लाई शिल गर्ने निर्णय गरिएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुणराज ओझाले जानकारी दिनुभयो ।
वडानम्बर ८ मा कोरोना संक्रमण पुष्टी भएका घरपरिवारका व्यक्ति वडानम्बर ३ मा रहेका मन्दिरमा पुजा आजा गर्न गएकोले वडानम्बर ३ लाई पनि शिल गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा संयोजक ओझाले बताउनुभएको छ ।
मंगलबार राति १२ बजेदेखि लागु हुने गरि अर्को सुचना जारी नहुदा सम्म तिनवटै वडा शिल गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । शिल गरिएका वडाहरुमा रहेको बजार क्षेत्र पुरै बन्द गरिने, शिल गरिएका वडाका नागरिकले अन्य वडा प्रवेशमा गर्न पाइने छैन ।
मालिकार्जुन गाउँपालिका वडानम्बर ३ ले आउदै गरेको तिज पर्व र गौरा पर्व नमनाउने निर्णय गरिएको मालिकार्जुन गाउँपालिका वडानम्बर ३ का वडाअध्यक्ष रुद्रेसिह धामीले जानकारी दिनुभयो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै आउदै गरेको तिज र गौरा पर्वमा भिडभाड हुने हुँदा उक्त पर्व नमनाउने निर्णय गरिएको अध्यक्ष धामीले बताउनुभयो । त्यस्तै वडानम्बर ३ लाई पुर्ण मदिरा निशेधित क्षेत्र घोषणा गरिएकोले मदिरा बेचविखनमा पुर्ण रोक लगाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।