कोरोना संक्रमण बढेपछि धार्चुलामा बुधबार देखि लकडाउन गरिदै 

0
868
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, भाद्र १६ गते ।
दार्चुला संग जोडिएको भारतको धार्चुलामा कोरोना संक्रमण बढेपछि बुधबार देखि आईतबार सम्म पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको छ । सोमबार धार्चुलामा कार्यरत भारतीय सेनाका आठ जना जवानहरुको कोरोना रिर्पाेट पोजेटिभ आएपछि त्रसित बनेका धार्चुलाबासिहरुले जनस्तरबाटै लकडाउन गर्ने निर्णय गरेका छन् । सोमबार रं म्युजियममा रं कल्याण संस्थाका अध्यक्ष डिके फकलियालको अध्यक्षतामा र ट्याक्सी युनियन लगायत सरोकारवालाहरुको सहभागितामा बसेको बैठकमा पाँच दिन सम्म धार्चुलालाई पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
स्थानियहरुले आर्मी संग सम्पर्कमा रहेका ब्यास क्षेत्रका नागरिकहरुको पनि पिसिआर परिक्षण गर्न सरकार संग माग गरेका छन् ।
धार्चुला ब्यापार मण्डलका अध्यक्ष भुपेन्द्र थापाले कोरोना संक्रमण धारचुलामा बढिरहेकाले सबै किसिमका पसलहरु बन्द रहने बताएका छन् । स्थानियहरुकै सक्रियतामा लकडाउन गर्न लागिएकाले मंगलबार स्थानियहरुले लकडाउन बारे धार्चुला प्रशासनलाई जानकारी गराएका छन् ।
धार्चुलाका कोरोना सम्पर्क ब्यक्ति डा. अमीर आलमका अनुसार धार्चुला क्षेत्रमा ४२ जना कोरोना संक्रमित ब्यक्तिहरु भेटिएका छन् । जसमध्ये १८ जना एसएसबी निको भएर अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।

बलुवाकोटमा तिन दिन जनता कफ्र्यु

भारतको धार्चुला तहशिल अन्र्तगतको बलुवाकोट बजारमा तिन दिन जनता कफ्र्यु लगाउने निर्णय गरिएको छ । बलुवाकोटमा सोमबार दुई जनाको कोरोना रिर्पाेट पोजेटिभ आएपछि स्थानियहरुले तिन दिन सम्म जनता कफ्र्यु लगाउने निर्णय गरेका हुन् । बलुवाकोटका प्रधान पुरन सिह ग्वालको अध्यक्षतामा ब्यापारी र स्थानियहरुको सहभागितामा बसेको बैठकले सोमबार देखि बुधबार सम्म जनता कफ्र्यु लगाउने निणय गरेको हो । साथै बलुवाकोट बजार सहित नजिकका ३२ गाउँहरुे सिल गरिएका छन् । कोरोना बाट बच्न सचेतना र लकडाउन बाहेकको विकल्प नभएकाले स्वतःस्र्फुत रुपमा लकडाउन गरिएको स्थानिय समाजसेवि चंचल सिह ऐरिको भनाई छ ।