कोरोना संक्रमणले जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक जनाको मृत्यु

0
674
सांकेतिक तस्बीर

दार्चुला, बैशाख ३१ गते
जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैका एक पुरुषको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा विहीबार राती भएको हो जिल्ला अस्पताल दार्चलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । ती पुरुषको बैशाख २५ गते कोरोना पुष्टि भएको थियो भने २८ गते अस्पतालमा भर्ना भएका थिए । यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला भरी कोरोना संक्रमितको संख्या ३ सय १६ पुगेको छ भने तीमध्ये शुक्रबारसम्म २९ जनाले कोरोना जितेको छन् ।