कोरोना संक्रमणबाट जिल्ला अस्पतालमा उपचाररत बृद्धको मृत्यु

623

दार्चुला, जेठ ३ गते ।
कोरोना संक्रमणबाट जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक जना बृद्धको मृत्यु भएको छ ।

उपचारको क्रममा ७२ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले बताउनुभयो । दुहुँ गाउँपालिका वडा नम्बर ३ घर भइ हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आउनु भएका ती पुरुषमा आईतबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दार्चुलामा दोस्रो लहरमा आईतबार सम्म ३ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ भने ४३ जनाले कोरोना जितेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !