कोरोना संक्रमणको जोखीमबारे सरोकारवालाहरु विच छलफल

0
1952

विरा दत्त भट्ट, दार्चुला
विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाभाइरष संक्रमणको सम्भावित जोखीम र सर्तकता अपनाउने बारे दार्चुला जिल्लाका सरोकारवालाहरु विच छलफल गरिएको छ ।
जिल्ला विपद् ब्यवस्थापन समिति दार्चुलाका अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरष ( कोभिड–१९) को सम्भावित जोखीम र सचेतनाका लागी गर्नुपर्ने कामहरुबारे छलफल गरेको छ ।
छलफलमा कोरोना भाइरष नेपाल संग खुला सिमाना रहेको छिमेकी देश भारतमा फैलिसकेकाले अवस्थामा नेपालले सिमामा स्वास्थ्य चेकजाचमा कडाइगर्नुपर्ने सरोकारवालाहरुले धारणा ब्यक्त गरेका छन् । दार्चुला जिल्लामा भारत बाट आउनेहरुको चाप हुने नाका दार्चुला सदरमुकाम खलंगा स्थित पुलघाट रहेकाले पुलघाटमा भारत बाट आउने ब्यक्तिहरुका लागी साबुन पानीले हात धुने ब्यवस्थापन गरिने भएको छ ।
नेपालीहरुको रोजगारीको गन्तब्य भारतका विभिन्न सहरहरुबाट नेपालीहरु घर फर्किने भएकाले कोरोना भाइरषको सम्भावित जोखीम न्युनिकरणका लागी अनिवार्य रुपमा साबुनपानीले हात धुने ब्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरुको छलफलले निश्कर्ष निकालेको छ ।
दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौडेलले प्रत्येक कार्यालयहरुमा हात धुने पानी र साबुनको ब्यवस्थापन गर्न जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
कारोना भाइरष ९ घण्टा सम्म जिवित रहने भएकाले हातहरु सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । ब्यक्तीगत सरसफाई गर्न सकेमा मात्रै कोरोना भाइरषको सम्भावित जोखीमबाट बच्न सकिने उहाँको भनाई छ । सार्वजनिक शौचालय प्रयोग गर्दा, बजार बाट आउँदा वा सार्वजनिक स्थलबाट आउदा अनिवार्य रुपमा साबुन पानीले हात धुन स्थास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको सुझाव छ ।
मार्मा र नौगाड क्षेत्रमा नयाँ बर्षमा विषु पर्व मनाइने भएकाले विषु पर्वमा रोजगारीका लागी विभिन्न मुलुक गएका ब्यक्तिहरु घर फर्किने भएकाले उनिहरुबाट पनि कोरोनाको सम्भावित जोखीम हुन सक्ने भएकाले मार्मा क्षेत्रमा मनाइने विषु पर्वलाई पनि अनावस्यक भिडभाड गरि नमनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।
कोरोना भाइरषको सम्भावित जोखीम न्युनीकरणकालागी आवस्यक परेमा दार्चुला जिल्लामा रहेका भारत जोड्ने पुलहरु बन्द गर्न सकिने प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौडेलको भनाई छ । भारतमा कोरोना भाइरष फैलीसकेकोले नेपालमा फैलीन नदिन दार्चुला जिल्लाका अन्य पुलहरु बन्द गरि दार्चुला सदरमुकाम खलंगामा रहेको पुल मात्र खुला गरि उक्त पुलमा प्रभावकारी स्वाथ्य चेकजाच गर्न सकिने बताएका छन् ।
“आवस्यक परेमा सदरमुकाम बाहेकका पुलहरु बन्द गर्न पनि सकिन्छ, हामी संग पर्याप्त स्वास्थ्य जनशक्ती र स्रोतको पनि अभाव भएकाले खलंगामा प्रभावकारी चेकजाच गर्न पनि सकिन्छ” प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।
छलफलमा सरोकारवालाहरुले कोरोनाको संकासपद विरामी भेटिएमा क्वारेन्टाइन र आइसोसेलीड वाडको ब्यवस्थापन गर्न उपयुक्त हुने धारणा समेत ब्यक्त गरेका छन् । त्यसको ब्यवस्थापनका लागी स्थानिय सरकारहरुले तयारी गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।
दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाले दार्चुला जिल्लामा खाद्यन्नको अभाव नभएकाले उपभोक्ताहरुलाई नआत्तिन भनेका छन् ।
दार्चुला लगायत दार्चुलामा आयात हुने प्रमुख बजार धनगढीमा प्रसस्त खाद्यान्न भएकाले भारतबाट ल्याएर अनावस्यक खाद्यान्न थुर्पानु बुद्धिमानी नहुने उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष ठगुन्नाको धारणा छ ।
कोरोना भाइरषको रोकथामको प्रमुख आधार हात धुनु भएपनि महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार क्षेत्रमा खानेपानीको अभाव भएकाले महाकाली नगरपालिकाले आवस्यक ब्यवस्थापन गर्न नसकेको भन्दै स्थानिय राम राज पन्तले आक्रोस पोेख्नुभयो ।
खानका लागी समेत पानी जोहो गर्नुपरेको अवस्थामा बारम्बार हात धुनका लागी पानी समेत नहुदा स्थानिय सरकार नभएको आभाष नभएको उहाँको भनाई छ ।
छलफलमा सहभागी सरोकारवालाहरुले कोरोना भाइरष बाट बच्न ब्यक्ति स्वयं सचेत हुनुपर्ने साझा धारणा राखेका छन् ।
महाकाली नगरपालिकाको सभाहलमा भएको छलफल कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुका साथै जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, गैर सरकारी निकायका प्रमुखहरुका साथै सञ्चारकर्मीहरुको सहभागिता रहेका थियो ।