कोरोना विरुद्ध ब्यास गाउँपालिकाले ३० लाखको कोष स्थापना गर्ने

0
1374

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरष विरुद्ध ब्यास गाउँपालिकाले ३० लाखको कोष स्थापना गर्ने भएको छ । कोरोना भाइरस विरुद्ध लड्न गाउँकार्यपालिकाको बुधबार बसेको आकस्मीक बैठकले ३० लाखको विपद् कोष स्थापना गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभयो ।

बैंक खाता खोली कोरोना सहायता कोष स्थापना गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझाको भनाई छ । संघसंस्था, कर्मचारी तथा दातृ निकायका लागि बैंक खाता सञ्चालन गरि कोरोना सहायता कोष स्थापना गरिने छ ।

साथै बुधबार बसेको बैठकले १५ लाखको खाद्य घुम्ती कोष स्थापना गर्ने र कार्यविधि बनाएर विक्री वितरण गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनुभयो ।