कोरोना प्रभावः महाकाली नगरपालिकामा लकडाउन गरिने

0
1928

विरा दत्त भट्ट, ९ चैत्र दार्चुला
विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखीम न्युनीकरणका लागी महाकाली नगरपालिकाले लकडाउन गर्ने भएको छ । महाकाली नगरकार्यपालिकाको आइतबार बसेको बैठकले जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा मंगलबार बाट लागु हुने गरि विजोर गते लकडाउन गरिने र जोर गते बजार खुला गर्ने निर्णय गरिएको महाकाली नगरपालिकाका प्रबत्ता पुस्कर राज जोशीले जानकारी दिनुभयो । अर्काे निर्णय नभए सम्मका लागी जोर विजोर गते प्रणालीमा लकडाउन जारी रहने प्रबत्ता जोशीले बताउनुभयो ।
साथै महाकाली नगरपालिकामा भारत संग सिमा जोडीएका २ वटा पुलहरु दत्तु र खलंगा पुलमा स्वाथ्यकर्मी र सुुरक्षाकर्मीहरुका लागी आवस्यक पर्ने फिवर गन, स्प्रे र आवस्यक औषधि उपलब्ध गराउने निर्णय गरीएको प्रबत्ता जोशीले बताउनुभयो ।
कोरोना भाइरक्ष्सको जोखीमलाई मध्यनजर गर्दै खलंगा बजारका सम्पुर्ण पसलहरुलाई भोली अनुगमन गरि खाद्यन्नको अवस्था जाच गरिने समेत आजको नगरकार्यपालिकाले निर्णय गरेको छ । खाद्यान्न कम हुने प्रक्षेपण भएमा महेन्द्रनगर , धनगढी लगायतका बजारहरुबाट खाद्यान्न ढुवानी गरि खलंगा बजारमा खाद्यन्नको आपुर्ती गरिने महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टको भनाई छ ।
कोरोना भाइरस प्रभावित सहरहरुबाट आउने नागरिकहरुका लागी महेन्द्र नुमुना मावि खलंगामा २४ घण्टा खटीने गरि २ वटा कोठाहरुमा क्वारेन्टाइन ब्यवस्थापन गरिन लागेको प्रबत्ता जोशीको भनाई छ । खलंगाका प्रत्येक पसल ब्यवसायीहरुलाई पसलमा पानी र साबुन राख्न समेत नगरपालिकाले निर्देशन दिएको छ ।
महाकाली नगरपालिकाले लकडाउन लगायतका निर्णय गर्नका लागी आइतबार एउटा कार्यक्रम गरि सरोकारवालाहरु संग सुझाव मागेको थियो । खलंगा बजार र भारत संग जोडीएका पुलहरु बन्द गर्नुपर्ने सरोकारवालाहरुले साझा धारणा राखेका छन् ।
महाकाली नगरपालिकाको सभाहलमा गरिएको सुझाव संकलन कार्यक्रममा सरोकारवालाहरुले खलंगा बजार लाई लकडाउन गरिनुपर्ने र नेपाल भारत जोड्ने जिल्लाका अन्य पुलहरुलाई बन्द गरि खलंगा स्थित पुलमा प्रभावकारी चेकजाच गर्नुपर्ने सुझाव दिएका छन् ।
सुझाव संकलन कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख , स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो ।