कोरोनाबाट दार्चुलामा पहिलो पटक एक जनाको मृत्यु

0
740
सांकेतिक तस्बीर

दार्चुला, कार्तिक ४ गते । कोरोना संक्रमणका कारण दार्चुलामा पहिलोपटक एक जनाको ज्यान गएको छ । दुहूँ गाउँपालिका वडा नम्बर २ हिकिलाका पूर्व प्रहरी नायब निरीक्षक समेत रहेका अन्दाजी ५२ वर्षिय एक जना पुरुषको सोमबार उपचारका क्रममा धनगढीमा मृत्यु भएको छ ।
दुई हप्ता पहिले नै कोरोना संक्रमण पुष्टि भएका मृतकलाई ज्वरो आएपछि जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका थिए । जिल्ला अस्पताल दार्चुलाले रेफर गरेको थियो । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार बेलुकातिर मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन् । आइसियुमा राखेर उपचार भइरहेका बेला मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतकको नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गरेको छ । कोरोना संक्रमणका कारण ज्यान गएको कार्कीको शव कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तेघरी सामुदायिक वनमा तालिम प्राप्त नेपाली सेनाको टालीले गरेको हो ।
यसअघि मालिकार्जुन गाउँपालिकाको भगवती घर भई अहिले नेपालगञ्ज बस्दै आएका एक जनाको पनि कोरोनाकै कारण ज्यान गएको थियो । जिल्लामै बस्ने व्यक्तिको कोरोनाका कारण मृत्यु भएको भने यो पहिलो पटक हो ।