कृर्षी तथा पशुपन्छी विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम

1597

दार्चुला, फागुन १६ गते ।
दार्चुलाको मार्मा गाउँपालिका वडा नं ६ मा कृर्षी तथा पशुपन्छी विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

मुख्यमन्त्री एकिकृत कृर्षि तथा पशुपन्छी विकास तथा मुख्यमन्त्री नमुना कृर्षि गाउँ कार्यक्रम अन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा उक्त एक दिने अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण समुहका कार्यबाहक अध्यक्ष विक्रम सिह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा मार्मा गाउँपालिका वडानं ६ का वडासदस्य भुण्टी डडाल अतिथि रहनुभएको थियो । कार्यक्रममा भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख खेम राज भट्ट, गाउँपालिका पशु सेवा शाखा प्रमुख नन्दन सिह ठगुन्ना लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !