किम जोङसंग अमेरिकी राष्ट्रपतिले दोस्रो पटक भेटने

0
2295

दार्चुला, भदौ ७ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टं«पले दोस्रो पटक उत्तर कोरियाका शासक किम जोङलाई भेट्ने भएका छन् । दोस्रो भेटको धेरै सम्भावना भएको टं«म्पले बताएका छन् ।
दोस्रोपटकको भेट हुने समय भने खुलाइएको छैन । अमेरिकी राष्ट्रपतिले एक साक्षात्कारमा किमसंगको पहिलो भेट ऐतिहासिक भएको बताएका छन् । परमाणु निशस्त्रीकरणको आफ्नो प्रयास सफल हुनलागेको टं«म्पले दावी पनि गरेका छन् ।
किमले परमाणु हतियार त्याग्ने इच्छा देखाएकोमा आफु आशंकित नै रहेको अमेरिकी राष्ट्रपतिको भनाई छ । यद्यपि परमाणु हतियारबाट मुक्त हुने दिशामा उत्तर कोरिया अगाडि बढ्नेमा आफु आशावादी भएको ट्रम्पको भनाई छ ।
ट्रम्प र किमबीच गत जुन १२ मा सिंगापुरमा पहिलो पटक भेटवार्ता भएको थियो । सिंगापुर वार्तामा किमले कोरियाली प्रायद्विपमा परमाणु निशस्त्रीकरण गर्न मञ्जु दिएका थिएका थिए । तर एकतर्फी रुपमा आफुले मात्रै हतियार छोड्ने संकेत नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here