कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट धामी सम्मानित

261

दार्चुला,मंसिर २९ गते ।
यस वर्षको कालापानी सिर्जशील पत्रकारिता पुरस्कार २०७९ पत्रकार सुन्दर सिंह धामीलाई प्रदान गरिएको छ । २०६८ सालबाट मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारहरुलाई प्रदान गर्दै आएको कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार यो वर्ष लिम्पियाधुरा रास्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाशक ,सम्पादक सुन्दर सिंह धामीलाई प्रदान गरिएको हो । मिडिया विकास समाज नेपालले दार्चुला जिल्लामा क्रियाशिल पत्रकार मध्ये सिर्जनशिल पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक बर्ष कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर वितरण गर्ने गरेको छ । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस बर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदम बडालले जानकारी दिनुभयो । सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष बडालले बताउनु भयो । दार्चुलाको पत्रकारीता क्षेत्रमा लागेका सुन्दर सिह धामी वि स २०६८ साल देखि निरन्तर रुपमा पत्रकारिता गदै आएको बताएका छन । उचित मुल्याङ्कन गरि यस बर्षको कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर प्रदान गरेकोमा उहाँले मिडिया विकास समाज नेपालका अध्यक्ष पदम वडाल, कार्यकारी निर्देशक शंकर सिह धामी लगायत सिङ्गो मिडिया विकास समाज नेपाल परिवारलाई धन्यबाद दिएका छन् । २०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई प्रदान गर्दै आएको छ । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले गर्दा केही दिन संस्थाको साधारण सभा परसरेको संस्थाले जनाएको छ । यो पुरस्कार बाट हाल सम्म २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए । यस्तै, २०७१ मा भागरथी भट्ट, २०७२ मा मनोज बडु, २०७३ मा किरण धामी, २०७४ मा लोकेन्द्र जोशी, २०७५ मा सन्तोष सिंह कोट्टारी र २०७६ मा रामसिंह धामी तथा २०७७ मा विरादत्त भट्ट तथा २०७८ मा लक्ष्मण सिंह धामीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । यस्तै २०६८ सालदेखि हाल सम्म १२ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाले जनाएको छ । यस्तै संस्थामा गत आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने मिडिया विकास समाज नेपाल दार्चुलाका आजिवन सदस्य पत्रकार उद्धव सिंह धामीलाई पुरष्कार प्रदान गरिएको छ । यस्तै सामुदायिक रेडियो नयाँ नेपाल एफ एममा आबद्ध रहेका सहकर्मीमा किसन सिह धामी तथा साझेदार मिडिया संस्था दार्चुला सन्देशमा उत्कृष्ट काम गरे बाफत मालिकार्जुन गाउँपालिका वडा नं ८ का सहकर्मीमा प्रेम राम लोहारलाई पुरष्कार प्रदान गरिएको कार्यकारी निर्देशक शंकर सिह धामीले जानकारी दिनु भएको छ । सामुदायिक रेडियो नयाँ नेपाल एफ एम साझेदार मिडिया कालापानी पोष्टको सप्ताहिक उत्कृष्ट सहकर्मीमा मान सिह कुवर तथा रेडियो नयाँ नेपाल एफ एम साझेदार मिडिया मालिकार्जुन एफ एममा उत्कृष्ट सहकर्मीमा इश्वरी बुढाथोकीलाई प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाले जनाएको छ । पुरस्कृतहरुलाई जनही रु १ हजार १ रुपैँया दान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !