कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कार भट्टलाई

0
539

दार्चुला, बैशाख २३ गते ।
कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कार २०७७ कालापानी न्यज डटकमका पत्रकार विरा दत्त भट्टलाई प्रदान गरिएको छ ।

मिडिया विकास समाज नेपालले दार्चुला जिल्लामा क्रियाशिल पत्रकार मध्ये सृजनशिल पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक बर्ष कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर वितरण गर्ने गरेको छ । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैशाख २२ गतेको बैठकले यस बर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपालका अध्यक्ष पदन बडालले जानकारी दिनुभयो । सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष बडालले बताउनु भयो । दार्चुलाको पत्रकारीतामा लागेको छोटो समयमै पत्रकार भट्ट सिर्जनसिल पत्रकारीता पुरस्कारद्धारा सम्मानित भएका छन् । पत्रकारीता क्षेत्रमा लागेको करिब तीन बर्ष भएको पत्रकार भट्टले बताउनुभयो । उचित मुल्याङ्कन गरि यस बर्षको कालापानी सिर्जनशिल पत्रकारीता पुरस्कर प्रदान गरेकोमा उहाँले मिडिया विकास समाज नेपालका अध्यक्ष पदम वडाल, कार्यकारी निर्देशक शंकर सिह धामी लगायत सिङ्गो मिडिया विकास समाज नेपाल परिवारलाई धन्बाद दिएका छन् ।२०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई प्रदान गर्दै आएको छ । कोरोना महामारीका कारण संस्थाको वार्षिकोत्सव आयोजना गर्न नसकिएकाले केही ढिला गरी टुंगो लगाएको छ । उक्त पुरस्कारबाट २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए । यस्तै, ०७१ मा भागरथी भट्ट, ०७२ मा मनोज बडु, ०७३ मा किरण धामी, ०७४ मा लोकेन्द्र जोशी, ०७५ मा सन्तोष कोट्टारी र ०७६ मा रामसिंह धामीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।