कालापानी पुग्ने बाटो निर्माण गर्दा घाइते भएका नागरिकलाई अबेर साझँ सेनाको हेलिकोप्टरबाट उद्दार

969
फाइल फोटो

बिरा दत्त भट्ट, दार्चुला

भाद्र १९ गते ।
कालापानी क्षेत्रलाई दार्चुला जिल्ला सदरमुकाम खलंगासंग जोड्ने बाटो निर्माणकार्य गरिरहेका बेला घाइते भएका एक जना नागरिकलाई साझँ अबेर नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  बाटो निर्माणका क्रममा शुक्रबार अपराहन्न करिब बेलुका ५ बजेतिर ढुङ्गा लाग्दा घाइते भएका ब्यास गाउँपालिका वडा नं ५ धौलाकोटका निवा सिह धामीलाई उपचारका लागि ल्याउन शुक्रबार साझँ करिब ६ बजेर ५० मिनेटमा दार्चुला सरदमुकाम खलंगा पुगेको हेलिकोप्टर घाटिबगडबाट घाइते लिएर सात बजेतिर दार्चुला सदरमुकाम पुगेको छ ।
धामीको उपचार जिल्ला अस्पताल दार्चुलामा भइरहेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपती विक्रमदेब थापाले बताउनुभयो । घाइतेको गम्भीर अवस्था रहेको सैनिक स्रोतले जानकारी दिएको छ । नेपाली सेनाले हाल घाटिबगड क्षेत्रमा कालापानी क्षेत्र जोड्ने बाटो निर्माण गरिरहेको छ । सेनाले गत जेठ देखि ब्यास गाउँपालिकाको वडा नं २ घाटिबगड र वडा नं १ छाङरु, तिंकर सहित कालापानी जोड्ने बाटो निर्माणकार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !