कालापानीन्युज डटकम आधिकारिक रुपमा दर्ता

2384

दार्चुला, मंसिर २ गते ।
दार्चुलाबाट सञ्चालन थालिएको कालापानीन्युज डटकम आधिकारिक रुपमा सुचना तथा प्रशारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको छ । २०६३ असोजमा दार्चुलाबाट प्रकाशन थालिएको कालापानी पोष्ट साप्ताहिक पत्रिकाको अनलाइन संस्करणका रुपमा दर्ता गरिएको सञ्चालक शंकरसिह धामीले बताउनुभयो ।
‘कालापानी पोष्ट साप्ताहिक र दार्चुला सन्देश दैनिक दुबै पत्रिकाको अनलाइन संस्करणको रुपमा निरन्तरता दिनेछौ’ अनलाइनका सञ्चालक धामीले भन्नुभयो । नेपाली र अंग्रेजी दुबै भाषामा सञ्चालन गर्नेगरी गत असोज १५ मा सुचना तथा प्रशारण विभागमा अनलाइन दर्ता गरिएको उहाँले बताउनुभयो ।
दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ स्थित दार्चुला उद्योग वाणिज्य संघको भवनमा पत्रिका कार्यालयबाटै अनलाइन सञ्चालन हुनेछ । ‘बदलिदो समय र नयाँ पुस्तालाई दृष्टिगत गरी अनलाइन सञ्चालन थालेका हौ’ डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चालक शंकरसिह धामीले भन्नुभयो । सुचना प्रविधिको पहुँच विस्तार भइरहेकाले अनलाइन मिडियाको भविष्य राम्रो रहेको उहाँको भनाई छ ।
सुचना तथा प्रशारण विभागमा दर्ता प्रमाणपत्र नम्बर १०५०÷०७५—७६ रहेको कालापानी न्युजडटकमको सम्पादकमा पदमसिह बडाल रहनुभएको छ । बडाल डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल हुनुहुन्छ । असोज १५ गतेकै मितिमा प्रेस काउन्सिल नेपालमा अनलाइन सुचीकरण प्रक्रियाका लागि आवेदन दर्ता गरिएको सञ्चालक धामीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !