कारोना संक्रमित संग भित्रिएका महाकालीका २ जना १५ दिनपछि क्वारेन्टाइनमा

0
1006

विरा दत्त भट्ट, दार्चुला ।

कैलालीका कारोना संक्रमित संग भित्रीका दार्चुलाको महाकाली नगरपालिकाका २ जनालाई १५ दिनपछि नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ ।
घरबाट ल्याएर उनिहरुलाई सोमबार महाकाली नगरपालिकाको क्वारेन्टाइन भवन महेन्द्र नमुना माद्यमीक विद्यालयमा राखीएको महाकाली नगरपालिका विपद् ब्यवस्थापन शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो ।
चैत्र ११ गते दार्चुला पुगेका महाकाली नगरपालिका वडा नं २ बुडीचौरा क्षेत्रका २ जना पुरुषलाई मंगलबार नगरपालिकाले क्वारेन्टाइनमा राखेको हो ।
उनिहरु घरमा सेल्फ क्वारेन्टाइनमा नियम अनुसार नबसेको पाइएपछि नगरपालिकाको क्वारेन्टाइनमा ल्याइएको संयोजक जोशीको भनाई छ ।
सोमबार कालापानी न्युज डटकमले गौरीफन्टा नाकाबाट कोरोना संक्रमीत संग भित्रीएका दार्चुलाका १९ जना क्वारेन्टाइन बाहिर रहेको समाचार लखेको थियो ।